जेनजी आन्दोलनमा कोशीमा १० जनाको मृत्यु, पाँचको सनाखत हुन सकेन

न्युजलय ३१ भदौ २०८२, मङ्गलबार ०१:४० मा प्रकाशित

विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा ज्यान गुमाएका १० मध्ये पाँच जनाको सनाखत भएको प्रहरीले जनाएको छ । 

त्यसमध्ये पाँचको सनाखत हुन सकेको छैन । पाँच जनाको कोही पनि आफन्त सम्पर्कमा नआउँदा सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा कोशी प्रदेशमा १० जनाको ज्यान गएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म बिर्तामोडमा मृत्यु हुने ३ जना र सुनसरीको इटहरीमा मृत्यु हुने २ जनाको सनाखत भएको हो ।