सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

न्युजलय २४ जेठ २०८२, शुक्रबार ०२:३७ मा प्रकाशित

विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित कमलदेव यादवले सञ्चालन गरेको सिटी रिक्सा चार्जिङ सेन्टरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रंगेली नगरपालिका–६ का ३५ वर्षीय मनोज यादव रहेका छन् । सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।