कंगना पद्मश्री पुरस्कारबाट सम्मानित

न्युजलय २२ कार्तिक २०७८, सोमबार ०२:०२ मा प्रकाशित

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री कंगना रनौत पद्मश्री पुरस्कारबाट सम्मानित भएकी छन् । 

भारतका राष्ट्रपति रामनाथ कोविन्दले अभिनेत्री रनौतलाई पद्मश्री पुरस्कारले सम्मानित गरेका हुन् । 

यसअघि ४ पटक राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित भएकी अभिनेत्री रनौतले पद्मश्री पुरस्कारबाट सम्मानित हुँदा निकै खुशी भएको प्रतिक्रिया दिएकी छन् ।