‘ब्याकुल माइला’ भन्दै ठगी गरेको आरोपमा उदयपुरका राई पक्राउ

न्युजलय ३१ साउन २०८२, शुक्रबार १२:१७ मा प्रकाशित

इटहरी । आफूलाई नेपालको राष्ट्रगानका रचयिता  व्याकुल माइला भन्दै ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

व्याकुल माइलाका नाममा किताब लेखेर बेच्दै हिँडेका उदयपुरको बेल्टारका मिलन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई इटहरी उपमहानगरपालिका परिसरबाट पक्राउ गरी मुद्दा चलाउने तयारी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

राईले लामो समयदेखि राष्ट्रगानका वास्तविक सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’ को नाम दुरुपयोग गरी विभिन्न सरकारी तथा गैर–सरकारी निकायमा ठगी गर्दै आएको आरोप छ ।

उनी आफैँले लेखेका पुस्तकहरूलाई ‘व्याकुल माइला’ को कृतिको रूपमा बिक्री गर्ने गरेका थिए । बिहीबार इटहरी उपमहानगरपालिकामा बिक्री गरेको पुस्तकको भुक्तानी लिन आएका बेला उनलाई पक्राउ गरिएको हो ।