मोरङको धनपालथानमा आगलागी, एक बालिकाको मृत्यु

न्युजलय ४ चैत २०८१, मङ्गलबार ०१:२१ मा प्रकाशित

विराटनगर । मोरङको धनपालथालन गाउँपालिकाको कदमामा आगलागी भएको छ।  आगलागीमा परी ३ वर्षीया बालिकाको मृत्यु भएको छ।

धनपालथान गाउँपालिका– ७ कदमाहस्थित मुस्लिम टोलका मोहम्मद हनिफकी ३ वर्षीया छोरी रेश्मा खातुनको आगलागीमा परेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

आगलागीका कारण हालसम्म ८ घर जलिसकेका छन् । आगो नियन्त्रणका लागि स्थानीय, दमकल र प्रहरी खटिएको मोरङ प्रहरीले जानकारी दिएको छ।