सङ्खुवासभामा आमा र ७२ दिने शिशु मृत फेला

न्युजलय १६ जेठ २०८२, बिहिबार ०८:४६ मा प्रकाशित

सङ्खुुवासभा । सङ्खुुवासभाको चैनपुर नगरपालिका–११ लुहाकोटमा आमा छोरी मृत भेटिएका छन् ।

बुधवार दिउँसो सोही स्थान बस्ने कृष्णप्रसाद त्रितालकी श्रीमती वर्ष ४२ की सीता खनाल त्रिताल आफ्नै घरको सुत्ने कोठाभित्र ७२ दिनकी शिशुसहित मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाको कारण खुल्न सकेको छैन । घटना शंकास्पद देखिएको छ ।

के कारणले मृत भेटिए भन्नेबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।