इटहरी । इटहरीमा नगर स्तरीय नमूना युवा संसद प्रशिक्षण तथा अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ।
तीन दिन चलेको तालिममा इटहरी उपमहानगरपालिकाका प्रत्येक वडाबाट १ पुरूष र १ महिला गरि जम्मा ४० जना सहभागी रहेका थिए ।
इटहरी उपमहानगरपालिका भित्र रहेका नगरका युवाहरूलाई संसद र संसदीय प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गरि युवा नेतृत्व विकास, सामाजिक रुपान्तरण र नगरको युवा विकास नीतिको प्रभावकारी कार्यान्वयनमा टेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको आयोजक संस्था लक्ष्यदिपकी सञ्चार तथा समन्वय संयोजक रोशना कोइरालाले जानकारी दिएकी छिन् ।
तालिममा रञ्जन पौडेलले प्रशिक्षण दिएका थिए।