धरान । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उच्च शिक्षाकालागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको उक्त संस्थाले सामाजिक सेवाअन्तर्गत रक्तदान गरेको हो ।
रक्तदानमा ५१ प्रिन्ट रगत सङ्कलन भएको एक्सपर्टका ब्राण्ड कोअर्डिनेटर विमल पराजुलीले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहायतामा सम्पन्न रक्तदान कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघा, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, इक्यान पूर्वाञ्चल अध्यक्ष रवीन्द्र निरौला लगायत शिक्षक विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
२२औँ वार्षिकोत्सवको देशभरका शाखा कार्यालयहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरिएको निर्देशक कमल तिम्सिनाले जानकारी दिए ।
एक्सपर्टले अष्ट्रेलियालगायत विश्वका विभिन्न देशमा पढ्न जानको लागि शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । विदेश पढ्न जान चाहनेहरुका लागि एक्सपर्ट विश्वसनीय ब्राण्ड बनेको तिम्सिनाले बताए । उनले आफूहरुले विद्यार्थीहरुलाई सही सुचना दिने र विदेश गइसकेपछि पनि आवश्यक सहयोग गर्ने जनाए ।