उपमहानगरमध्ये इटहरीको बेरुजु सबैभन्दा धेरै, धरान आठौं स्थानमा

न्युजलय ८ असार २०८२, आइतबार ०६:२४ मा प्रकाशित

इटहरी । देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु सुनसरीको इटहरीमा देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार इटहरीको बेरुजु रकम १ अर्ब २६ करोड रूपैयाँ पुगेको छ ।


यो वर्षमात्रै १६ करोड २१ लाख १२ हजार ५७८ रूपैयाँ बेरुजु थपिएको छ । यो बीचमा बेरुजु फर्छ्यौट शून्य देखिन्छ ।


उपमहानगरपालिकामध्ये बुटवलमा ३ लाख ३८ हजार रूपैयाँमात्रै बेरुजु रकम रहेको प्रतिवेदनमा उल्लेख छ ।


इटहरीपछि धेरै बेरुजु हुनेमा जनकपुर, तुलसीपुर, जितपुर सिमरा, कलैया, घोराही, हेटौंडा छन् । त्यसपछि धरान आउँछ । 


धरानको बेरुजु ४१ करोड ९६ लाख रहेको छ । यो आर्थिक वर्षमा ८ करोड ७६ लाख ९७ हजार रूपैयाँ बेरुजु थपिएको छ । आर्थिक वर्ष ८०र÷८१ मा १ करोड ६७ लाख २६ हजार रूपैयाँ प्रक्रियामा फर्छ्यौट भएको छ ।