अस्ट्रेलियामा हराएकी ४ वर्षीया बालिका १८ दिनपछि सकुशल फेला

न्युजलय १७ कार्तिक २०७८, बुधबार ०७:३५ मा प्रकाशित

काठमाडौं । पश्चिम अस्ट्रेलियामा हराइरहेकी एक चार वर्षीया बालिका फेला परेकी छन् ।


प्रहरीका अनुसार पश्चिम अस्ट्रेलियाको दुर्गम स्थानमा १८ दिनदेखि हराइरहेकी ती बालिका एउटा बन्द घरभित्र सकुशल फेला परेकी हुन् ।


अक्टोबर १६ मा परिवारसंग बिदा मनाइरहेकी क्लियो स्मिथ कार्नार्भोन सहरनजिकै एउटा क्याम्पिङ स्थलबाट हराएकी थिइन्।


छोरी खोजिदिन सहयोगको याचना गरिरहेका बाबुआमासँग उनको भेट गराइएको छ।