विराटनगर । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत फेला परेका छन् ।
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए ।
उनीहरू दाजुभाइ (मामा–फुपुका छोराहरू) हुन् । सोमबार बिहान मृत अवस्थामा उनीहरू फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिएका दाजुभाइको शव काठमाडौं ल्याउने प्रयास भइरहेको बताइएको छ ।
काठमाडौंबाट साथीभाइसँग उनीहरू १० साउनमा गोसाइँकुण्ड गएका थिए । आइतबार गोसाइँकुण्डमा स्थान गर्ने क्रममा दुवै बेपत्ता भएका थिए ।
एक जना चिप्लिएपछि अर्का उद्दार गर्न गएका थिए । उद्धार गर्न खोज्दा दुवै जना बेपत्ता भएका थिए ।
‘