पत्रकार महासंघ कोशीले मुख्यमन्त्रीलाई बुझायो ज्ञापनपत्र

न्युजलय १७ चैत २०८१, सोमबार १२:४९ मा प्रकाशित

इटहरी । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको ठहर गरेका छन् ।

सोमबार विराटनगरमा पत्रकारहरूसँग सञ्चारमाध्यममाथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको उनले बताए ।

उनले पत्रकारहरूको सुरक्षा र क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय र पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कमल रिमाल, कोशीका अध्यक्ष भरत खड्का, मोरङ अध्यक्ष सुशीला पाठक लगायतका महासंघका पदाधिकारी तथा सदस्यहरूले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको पेशागत सुरक्षा र जीवन रक्षाको माग गरेका थिए ।