रङ्गेलीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

न्युजलय ४ भदौ २०८२, बुधबार १२:५५ मा प्रकाशित

विराटनगर । प्रहरीले मोरङको रङ्गेली नगरपालिका–५ बाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको बिहार घर भएका २९ वर्षीय इम्तियाज अन्सारी र ३१ वर्षका नुर हसन छन् ।

मंगलबार भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेर उनीहरूको साथबाट १११ ग्राम २७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

ब्युरोको टोलीले पक्राउ गरेर उनीहरूलाई इलाका प्रहरी कार्यालय रङ्गेलीमा बुझाएको छ ।