झापा । झापा प्रहरीले किशोरीलाई जबरजस्ती करणी गरि फरार भएका एक आरोपीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका– ९ बस्ने ५० वर्षीय डिकबहादुर राई रहेका प्रहरीले जनाएको छ।
२०८१ माघ मा राईले १६ वर्षीया नाबालिगलाई डर त्रास देखाई करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
करणीपछि किशोरी गर्भवती भएकी थिइन् भने राई फरार थिए। गएको जेठ २८ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा पीडितले राई विरुद्ध किटानी जाहेरी दिएका थिए।
झिलझिलेबाट खटिएको प्रहरी टोलीले राईलाई गोप्य सूचनाका आधारमा यही साउन २८ गते झापाकै शिवसताक्षी नगरपालिका–६ शिवगन्जबाट पक्राउ गरेको हो।
उनलाई जबर्जस्ती करणी कसुरमा जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरेर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।