बारमा वकिलहरुबीच कुटाकुट

न्युजलय १२ कार्तिक २०७८, शुक्रबार ०२:२८ मा प्रकाशित

 काठमाण्डौ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनमा कानुन व्यवसायीहरु बीच कुटाकुट भएको छ । 

शुक्रबार(आज) नेपाल बार एसोसिएसनमा बैठक जारी रहँदा परिसरमा कानुन व्यवसायी कुटिएका हुन्। 

अधिवक्ता भूमिनन्द चुडालले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँइरहँदा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि कुटपिट गरेका हुन्। 

इजलास नचल्दा सेवाग्राही मर्कामा परेको भनेर अन्तर्वार्ता दिइरहेको बेलामा आफूमाथि न्यौपानेले कुटपिट गरेको उनको आरोप छ।

२०६२ सालमा ४ जनाविरुद्ध सरकारले आतंककारी गतिविधीमा संलग्न भन्दै मुद्दा चलाएको थियो। उक्त मुद्दामा चुडालले विपक्षीको तर्फबाट बहस गरेका थिए।