इटहरी । सुनसरीमा जङ्गली हात्ती मृत फेला परेको छ ।
बराहक्षेत्र नगरपालिका–२ स्थित रेल्वे लाइनपूर्व, कौशिकी सामुदायिक वन नजिकको मकैबारीमा एक जङ्गली भाले हात्ती मृत अवस्थामा फेला परेको हो ।
मृत भेटिएको उक्त हात्तीको अनुमानित उमेर करिब ५ वर्ष रहेको बताइएको छ । वन कार्यालयका अनुसार घटनाको विस्तृत विवरण पत्ता लगाउन अनुसन्धान प्रक्रिया सुरु गरिएको छ।
हात्तीको मृत्युको कारण हालसम्म स्पष्ट भइनसकेकोले, पशु चिकित्सक टोलीद्वारा परीक्षण र आवश्यक अनुसन्धान अघि बढाइएको जनाइएको छ।