मुन्दुमी संस्कारबाट चुवार–घोडेटार कालोपत्रे सडक शिलान्यास

न्युजलय २१ माघ २०८१, सोमबार ०३:४६ मा प्रकाशित

घोडेटार । भोजपुरको जिल्लाको हतुवागढी गाउँपालिका साथै दक्षिणी क्षेत्रलाई तराईसँग जोड्ने दूधकोसी चुहार–फलामढुंगा–घोडेटार कालोपत्रे सडकको शिलान्यास गरिएको छ ।

सोमबार हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, निर्माण कम्पनी प्रतिनिधि अर्जुन दाहाल तथा स्थानीयको उपस्थितिमा किराती नाक्छोङ कर्णबहादुर राईले मुन्दुमी संस्कारबाट भूमिको पुजा गर्दै शिलान्यास गरिएको हो । 

उक्त सडक निर्माण सम्पन्न पश्चात हतुवागढीलाई तराईका जिल्लासँग जोड्न मद्दत गर्ने र समृद्ध हतुवागढी निर्माणमा टेवा पुग्ने उललेख गर्दै गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले दूधकोसी चुहार–फलामढुंगा–घोडेटार कालोपत्रे सडकले जिल्लाको समग्र विकासमा कोसेढुंगा बन्ने विश्वास व्यक्त गरे । 

ग्रामीण सम्पर्क सुधार आयोजना, कार्यान्वयन इकाई कोशी विराटनगरको नेतृत्वमा सञ्चालन हुने २२।७ किलोमिटर स्तरोन्नतिसहितको यो सडक निर्माणको जिम्मा एमएसएमसी–एसईआआईपीएल एनसी जेभीले लिएका छन् । परियोजनाको लागत करसहित ७२ करोड ९८ लाख १६ हजार रहेको छ । सडक कालोपत्रे २०८३ मंसिर २८ सम्म सक्नुपर्ने सम्झौता छ ।