इटहरी । सुनसरीको इटहरीस्थित विश्व आदर्श सेकेण्डरी स्कुलले आठौ अभिभावक दिवश मनाएको छ । विज्ञान प्रदर्शनीसहित तीन दिने कार्यक्रम गर्दै अविभावक दिवस मनाएको हो ।
बिहीबार बृहत शैक्षिक तथा विज्ञान प्रदर्शनीबाट अविभावक र विद्यार्थीहरुलाई आकर्षित गरेको स्कुलले शुक्रबार पिजि देखि ४ कक्षा सम्मका विद्यार्थीको प्रदर्शनी आयोजना गरेको थियो । जसमा विद्यार्थीहरुले रमाइला सांस्कृतिक कार्यक्रमहरूसमेत प्रस्तुत गरेका थिए ।
त्यस्तै शनिबार समापन समारोहमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीले सृजनात्मक गतिविधि प्रस्तुत गरेका थिए ।
कार्यक्रमकै क्रममा विद्यार्थीहरुका रचना समावेश गरिएको आदर्श आलोक पुस्तक विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, स्कुलमा अध्यक्ष लेखनाथ घिमिरे, प्राचार्य गणेश कुमार दुलाल लगायतले विमोचन गरेका थिए ।
विद्यालयले विभिन्न खेल प्रतियोगितामा जित हात पार्ने विद्यार्थीहरुलाईसमेत प्रमाणपत्र वितरण गरेको थियो ।
मलेशियामा सम्पन्न अन्तराष्ट्रिय ओपन तेक्वान्दो प्रतियोगीतामा नेपालबाट प्रतिनिधित्व गर्दै गोल्ड मेडल हात पारेका छात्र प्रल्हाद श्रेष्ठ र छात्रा प्रियासा श्रेष्ठलाइ समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश कुमार दुलालले विद्यार्थीहरूलार्इ पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत सहयोग गरिरहेको जानकारी दिएका थिए । दुलालले स्थापनाकालमा थोरै विद्यार्थी र भाडाको घरबाट सुरु गरिएकोमा अहिले आएर आफनै भवनबाट साथै स्कुल देखि कलेजसम्म गरेर ३२ सय बढी विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी गराए ।