मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

न्युजलय २ भदौ २०८२, सोमबार ०६:०६ मा प्रकाशित

मोरङ । मोरङको मिक्लाजुङ–१ रमितेबाट फर्किँदै गरेको मोटरसाइकल टाँढीस्थित अधिकारी चोकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मधुमल्लाका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे २ प ९०९७ नम्बरको मोटरसाइकल मिक्लाजुङ–३ अधिकारी चोकमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा उर्लाबारी–४ का आरप डाँगीको मृत्यु भएको हो । त्यस्तै, सोही मोटरसाइकलमा सवार उर्लाबारी–४ कै १५ वर्षीय अनुप थापा सामान्य घाइते भएका छन् । उनी अहिले अरनिको अस्पताल उर्लाबारीमा उपचाररत छन् ।

घुम्तीमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल झरेर पिठारीको रुखमा ठोक्किएर अड्किएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।