मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–१ की ४० वर्षीया दुर्बी सतारको पतिको कुटाइपछि मृत्यु भएको छ।
४५ वर्षीय बाबुधन सतारले आइतबार राति दुर्बीलाई कुटपिट गरेका थिए।
कुटपिटबाट घाइते दुर्बीलाई विराटनगरको कोशी अस्पताल पुर्याइएको थियो । उपचारउनको अवस्था गम्भीर भएपछि आफन्तले घर लैजान खोज्दा बाटैमा सोमबार साँझ उनको मृत्यु भएको हो।
घटनामा छिमेकी ५० वर्षीय छोटेलाल हस्दा पनि घाइते भएका छन्। उनको पनि कोशी अस्पतालमै उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय पथरीले बाबुधनलाई नियन्त्रणमा लिएको छ। उनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरिरहेको छ।