इटहरीका नगर प्रहरीको निधन भएपछि आज शोक बिदा

न्युजलय १७ जेठ २०८२, शुक्रबार ११:२९ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाका नगर प्रहरीको निधन भएपछि आज शोक बिदा दिइएको छ ।

नगर प्रहरी ५१ वर्षीय जमदार राजकुमार तामाङको हृदयघातका कारण निधन भएपछि शुक्रवार (आज) नगर क्षेत्र मातहतका कार्यालयमा शोक बिदा दिइएको हो ।

उनी हाल जमदार पदमा कार्यरत रहेका थिए । प्रेसरका दीर्घ रोगी रहेका उनको जेठ १३ गते उपचारको क्रममा विराट टिचिङ अस्पतालमा निधन भएको हो ।