कोशी नदीमा पुरुषको शव फेला

न्युजलय ३२ असोज २०७८, सोमबार ०२:१९ मा प्रकाशित

वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–६ चिलिया टापुस्थित कोशी नदी किनारमा पहिचान, वतन नखुलेको युवाको शव भेटिएको छ । 

शनिबार दिउसो अन्दाजी ३५ वर्षको पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यलय चक्रघट्टीले जनाएको छ । 

नदी किनारमा बेवारिसे लाश रहेको स्थानीयबाट जानकारी पाएर गएको प्रहरीले शव पोस्टमार्टमका लागि धरानस्थित बीपी क्याम्पमा पठाइएको प्रहरीले जनाएको छ । 

शव पहिचानका लागि प्रहरीले ९८५२०९०१२५ फोन नम्बरमा सम्पर्क गर्नहुन अनुरोध गरेको छ ।