ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु

न्युजलय १८ चैत २०८१, मङ्गलबार ०४:५८ मा प्रकाशित

काठमाडौँ । भारतको पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु भएको हो।

सबै शवहरू बरामद भइसकेका छन्। घाइते महिलालाई उनको घरबाट उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ ।