१७ दशमलव ५९ अंकले बढ्यो नेप्से परिसूचक

न्युजलय ३१ असोज २०७८, आइतबार ०३:३० मा प्रकाशित

काठमाडौं । खुला भएको पहिलो दिन आइतबार (आज) शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचक १७ दशमलव ५९ अंकले बढेर २ हजार ६ सय ५६ दशमलव ९६ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १७ अंक्ले बढेको छ । 

आज कारोबार रकम १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७१ रुपैयाँमा रोकिएको छ ।