काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार(आज) एकैदिन ७९ अंक माथिको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७९.७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ विन्दुमा झरेको हो । गत सोमबार यस्तो सूचक १९.२० अंकले घटेर २८ सय २९ दशमलव ६४ विन्दुमा अडिएको थियो ।
आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १६.०२ अंकले घटेर ५१२ दशमलभ ८२ विन्दुमा झर्न पुगेको छ । तर, करिब ८० अंकले नै घटेको बजारमा आज कारोबार रकम भने साढे ६ अर्ब माथि भएको छ ।
नेप्सेका अनुसार आज एक करोड १९ लाख कित्ता माथि सेयर बजारमा एक लाख भन्दा बढी पटक किनबेच हुँदा कुल ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । गत सोमबार १९ अंकले घटेको बजारमा ४ अर्ब ४२ करोडको कारोबार भएको थियो ।