इटहरी । इटहरीमा एमआरपी मै पेय पदार्थ उपलब्ध गराउने गरी ग्रील दरबार क्याफे एण्ड बार खुलेको छ । इटहरी ४ भेटघाट चोकमा भर्खरै खुलेको यो होटलले बोतलमा अंकित मुल्यमै पेय पदार्थ उपलब्ध गराउने गरेको छ ।
थोरै नाफामा ग्राहकहरुलाई सन्तुष्ट बनाउने गरी सेवा दिइरहेको होटलका सञ्चालक चुडाराज भट्टराईले जानकारी दिए ।
बोतलमा लेखिएको मूल्यभन्दा २० देखि ३० प्रतिशतसम्म बढाएर विभिन्न होटलहरुले पैसा लिइरहँदा ग्राहकहरुले चर्को मूल्य तिर्नुपरिरहेको छ, उनले भने, त्यसैले हामीले धेरै नाफामुखी भन्दा पनि ग्राहकको सन्तुष्टीलाई प्राथमिकता दिएर सस्तोमा बियर, वाइन, भोड्का, ह्वीस्की, रम आदि दिइरहेका हौं ।
यो होटलले माछा र कालीजका परिकारहरु विशेष रुपमा बनाउने गरेको छ । आफैले पनि कालिज पालिरहेको र आवश्यक कालिज पश्चिम नेपालबाट ल्याउने गरेको उनले जानकारी दिए । यस्तै माछा पनि स्वस्थकर हुने उनले जानकारी दिए । उनले होटलमा पाइने परिकारका लागि प्रयोग हुने तरकारी तथा माछामासु फार्मबाट सिधै टेबलसम्म आउने हुँदा स्वास्थ्यका हिसाबले पनि राम्रो हुने दावी गरे ।
यसैगरी होटलले सेकुवा प्लेटमा नभइ किलोका हिसाबमा बनाउने गरेको छ । यो प्लेटको सेकुवाभन्दा सस्तो हुने उनले बताए ।
होटलले कार्यक्रमहरु गर्नको लागि हलको समेत व्यवस्था गरेको छ भने कफी बनाउन सिकाउने गरी बारिस्टाको तालिमसमेत दिइरहेको छ । इटहरीकै चर्चित पर्यटकीय स्थल तालतलैया जाने बाटोमा भएको कारण यातायात सहज हुनुका साथै शान्त ठाउँमा पर्याप्त पार्किङको व्यवस्था रहेको भट्टराईले जानकारी दिए ।