बराहक्षेत्रबाट १५ जना जुवाडे पक्राउ

न्युजलय १६ कार्तिक २०७८, मङ्गलबार ०२:५० मा प्रकाशित

 इटहरी । बराहक्षेत्रबाट कौडा खेलिरहेका १५ जनालाई प्रहरीले  पक्राउ गरेको छ । 

प्रहरीले सोमबार राती  साढे २ बजे बराहक्षेत्र–८ स्थित बहादुर खड्काको घरबाट कौडा खेलिरहेकोहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेकाहरुको साथबाट नगद २ लाख ८२ हजार ५५ रुपैयासमेत वरामद भएको छ । 

उनीहरुलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले नियन्त्रणमा लिएको सुनसरी प्रहरीको भनाई छ । बिशेष सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो । 

पक्राउ पर्नेहरुमा बराहक्षेत्र नगरपालिका–६ का ४८ बर्षीय अगम तामाङ, बराहक्षेत्र–८ का ४१ बर्षीय बसन्त राई, ६८ बर्षीय मदन घिमिरे, ४२ बर्षीय विनोद रौनियार, २८ बर्षीय सञ्जु श्रेष्ठ, ४६ बर्षीय भुवनप्रसाद धमला, ३१ बर्षीय प्रदमो साह हलुवाई, ३४ बर्षीय प्रदिप साह हलुवाई रहेका छन् । 

यस्तै, ३० बर्षीय विजयकुमार साह, ४० बर्षीय जयनारायण मण्डल, ५९ बर्षीय खेमराज गौतम, ६० बर्षीय मुकुन्द अधिकारी, ३८ बर्षीय संयज साह, ४८ बर्षीय केशव दाहाल र ५४ बर्षीय टेकेन्द्र कार्की रहेको सुनसरी प्रहरीले जनाएको छ । 


सुनसरी प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।