काठमाडौं । औषधि व्यवस्था विभागले भारतीय कम्पनी अल्केम ल्याब्रोटरिज लिमिटेडको औषधि गुणस्तरहीन भएका कारण तत्काल बिक्री–वितरणमा रोक लगाएको छ।
विभागले सूचना जारी गरी गुणस्तरहीन भएका कारण तत्काल बिक्री–वितरणमा रोक लगाएको जनाएको छ।
विभागले बजार अनुगमनका क्रममा दुखाई कम गर्न खाइने निमोसुलाइड ट्याब्लेट नामक औषधिको संकलन गरेको नमुना परीक्षणमा अल्केमको पाइरामाइड (निमोसुलाइड ट्याब्लेट १०० एमजी) नामको औषधि न्यून गुणस्तरको फेला परेको जनाएको छ।