इटहरी । कोशी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् हेरफेर गरेसँगै नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख परशुराम खापुङले शपथग्रहण गराएका हुन् ।
नवनियुक्त मन्त्रीहरूमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार, मानबहादुर लिम्बू स्वास्थ्य, इस्राइल मन्सुरी कृषि र भीम पराजुली पर्यटन तथा वन वातावरण मन्त्री बनेका छन् ।
शोभा चेम्जोङलाई भने भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त गरिएको छ ।
यसैगरी एमालेबाट विदुर लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री, चिन्तन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन र रामकुमार मेहता सामाजिक विकास मन्त्री नियुक्त बनेका छन् ।
उमाकान्त गौतमलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।