काठमाडौं । गायिका इन्दिरा जोशीले नयाँ गीत सार्वजनिक गरेकी छन् । बिहीबार(आज) उनले ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।
गीतमा इन्दिराकै स्वर, शब्द र संगीत रहेको छ भने किरण तुलाधरले एरेन्ज गरेका छन् । गीतको भिडियोमा इन्दिरा स्वयं र निराजन प्रधान फिचर्ड छन् । भिडियोको निर्देशक प्रवीण सिंह हुन् ।
हरि हुमागाईंले छायांकन गरेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका छन् ।