काठमाडौँ । सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन–जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ । बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कर्फ्यु आदेश जारी गरेका हुन् ।
गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यु आदेश जारी गरिएको छ । अहिले पनि दुई समूहबीच झडप भइरहेको उनले जानकारी दिए ।
अहिले सिमरा जाने र सिमराबाट काठमाडौं उड्ने जहाजहरू रोकिएका छन् ।
एमाले नेताहरू सिमरा आउने जानकारी पाएपछि जेन–जी युवाहरूले प्रदर्शन गरेका हुन् । त्यसक्रममा एमाले समर्थक युवाहरूबीच झडप भएको हो ।