काठमाडौं । सेयर बजारमा आज दोहोरो अंकले गिरावट आएको छ।
बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा कायम भएको हो। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ।
यसदिन ३०५ स्क्रिप्सको ८७ लाख २७ हजार १६४ कित्ता सेयर ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७३४ रुपैयाँमा खरिदबिक्री भए।