काठमाडौँ । बुधबार नेप्से परिसूचक सामान्य अंक घटेको छ ।
आज नेप्से परिसूचक ४.४५ अंक घटेर २७११.४५ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.०७ अंक घटेको छ ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ८ अर्ब ९१ करोडको सेयर खरिदबिक्री भएकोमा आज भने ३०९ स्टकको ९० हजार ७५२ पटकको कारोबारमा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँबराबरको १ करोड ९१ लाख ८१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।