घाँटीमा घाउ हुने समस्या, हुनसक्छ डेंगु

न्युजलय २९ असोज २०७९, शनिवार ०६:५० मा प्रकाशित

डेंगुका अधिकांश बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् । डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् ।

डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिनेछ । डेंगु, फ्लू र सामान्य रुघाखोकी, ज्वरोलगायतमा केही लक्षणहरु एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरुको पहिचान गरी शतर्क रहनुपर्छ ।

डेंगुमा ज्वरो शुरुमा नै धेरै आउने, केही प्रतिशत बिरामीहरुको सामान्य ज्वरो पनि छ । रुघाखोकीको लक्षण त्यति देखिएन । तर धरैलाई घाँटी दुखेको भनेर बिरामीहरुले भन्ने गरेका छन् । घाँटी जाँच गर्दा घाउ भएको भेटिएको छ । टन्सिल भनेर धेरै झुक्किने गरेपनि डेंगुको लक्षण हुनसक्छ ।