बढ्यो सुनको मूल्य

न्युजलय ८ फाल्गुण २०७८, आइतबार ०५:०३ मा प्रकाशित

काठमाडौँ । सुनको भाउ आइतबार(आज ) प्रतितोला १०० रुपैयाँका दरले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मुल्य भने स्थिर छ ।

शुक्रबार एक हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ ।