काठमाडौँ । आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ६०० कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १०५ रुपैयाँले बढेर पाँच हजार १५५ कायम भएको महासङ्घले जनाएको छ ।