खोलामा डुबेर रामधुनीका दुई बालकको मृत्यु

न्युजलय २४ बैशाख २०८३, बिहिबार ०३:४३ मा प्रकाशित

इनरुवा । सुनसरीको रामधुनी नगरपालिका–६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र ९ वर्षीय विकास चौधरी रहेका प्रहरीले जानकारी दिएको छ ।

खोला किनारमा खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।