काठमाडौं । सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
दुधौली नगरपालिका–१ राँगे स्थित मदन भण्डारी राजमार्गमा म. प्र. ०३–००१ च ८२०२ नम्बरको पिकअप भ्यान दुर्घटना भएको थियो । उक्त भ्यान उदयपुरको गाईघाटतर्फ जाँदै थियो ।
भ्यान चालक २९ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।