नेप्सेमा सामान्य सुधार

न्युजलय २४ बैशाख २०८३, बिहिबार ०३:३१ मा प्रकाशित

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.९४ अंकले बढेर २,७१८.१६ विन्दुमा बन्द भएको छ । 

यस दिन बजारमा कुल ३३४ वटा कम्पनीको तीन लाखभन्दा बढी कित्ता सेयर ४५ हजार ६५ पटक कारोबार भयो । बिहीबार दुई अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँबराबरको कारोबार भएको छ ।

आजको कारोबारमा १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी १२ कम्पनीको मूल्य स्थिर छ ।