काठमाण्डौ । बिहिबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ ।
हिजो बुधबार ३६ अंकले घटेको नेप्से परिसूचक आज ४.९४ अंकले बढेको हो । यससँगै परिसूचक २३ सय २५ अंकमा पुगेको छ ।
यसक्रममा आज १ अर्ब ६२ करोड रुपैयाँ बराबरको ३९ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ ।
कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से साढे २ बजेदेखि उकालो लाग्न थालेको थियो । बन्द हुने समयसम्ममा आइपुग्दा सामान्य वृद्धि भयो ।
यसक्रममा आज कारोबार भएका १३ मध्ये ८ समूहमा सुधार आएको छ । जीवन बीमा समूहमा ७४ अंक, अन्य समूहमा ३५ र विकास बैंक समूहमा ३५ अंकको सुधार आउँदा होटल र टुरिजम समूहमा ३० अंकको सुधार आएको छ ।
आज ग्रिन भेन्चर्स लिमिटेड र जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।