काठमाडौँ । पाकिस्तानको लाहोर शनिबार ३९६ को वायु गुणस्तर सूचकांक दर्ता भएसँगै विश्वको दोस्रो सबैभन्दा प्रदूषित शहर बनेको एआरवाई न्युजले जनाएको छ ।
रिपोर्टहरू उद्धृत गर्दै एआरवाई न्युजले पञ्जाब प्रान्तका विभिन्न क्षेत्रमा हावाको गुणस्तर अत्यन्तै खतरनाक अवस्थामा पुगेको उल्लेख गरेको छ ।
विषाक्त वायु, बढ्दो स्वास्थ्य जोखिम र कडा प्रदूषणको प्रभावबाट सर्वसाधारणलाई जोगाउन प्रान्तीय सरकारले विद्यालयहरू बन्द गर्नुका साथै भोजनालय, बजार तथा अन्य व्यवसायिक प्रतिष्ठानहरूको समयसीमा समेत सीमित गरेको एआरवाई न्युजले उल्लेख गरेको छ ।