नोबेल मेडिकल कलेजका सञ्चालक शर्माको पुत्ला दहन

न्युजलय २९ पुस २०७८, बिहिबार ०२:०५ मा प्रकाशित

विराटनगर। एमिबिएसको अतिरिक्त शुल्क घटाउन माग गर्दै विद्यार्थीले नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन्  । 

पुत्ला दहन अघि चिता बनाएर विद्यार्थीले अस्पताल घुमाएका थिए । विद्यार्थीको माग सम्बोधन गर्न चासो नदिएपछि पुत्लालाई चितामा राखेर दहन गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताए ।

एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क कलेजले मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले यसअघि विराटनगरमा चक्काजाम गरेका थिए । साथै विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

कलेजले पनि यसअघि अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको थियो ।