काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले सुधार देखिएको छ । बुधबार नेप्से ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा पुगेको छ ।
आज ३१३ धितोपत्रको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर दुई अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रुपैयाँमा किनबेच भएको छ ।
१३ उपसमूहमध्ये सात वटाको समूहगत सूचक बढेको छ । ६ वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।