विश्वकप क्रिकेटमा अष्ट्रेलियाद्वारा भारत पराजित

न्युजलय ४ मङ्सिर २०८०, सोमबार ०३:२६ मा प्रकाशित

एजेन्सी । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि छैठौ पटक अष्ट्रेलियाले जितेको छ । हमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको हो ।  

भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर प्राप्त गर्यो ।

ओपनर हेडले १३७ रन बनाए । ४७–३ को नाजुक अवस्थामा रहँदा हेडले मानुर्स लाबुसचेज्नसँग चौथो विकेटका लागि १९२ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई जिततर्फ अग्रसर गराएका थिए । लाबुसचेज्नले अविजित ११० बलमा चार चौकासहित ५८ रन थपे । 

भारतका जसप्रित बुमराहले दुई विकेट लिए । यस्तै, मोहम्मद सिराज र मोहम्मद सामीले एक विकेट लिए ।


त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो । भारतका केएल राहुलले १०७ बलमा एक चौकासहित ६६ रन बनाएका थिए ।


८१–३ को कठिन अवस्थामा रहँदा राहुलले चौथो विकेटका लागि विराट कोहलीसँग ६७ रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालेका थिए ।


कोहलीले ६३ बलमा चार चौका प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको ७२औं अर्धशतक हो ।


अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिए । १० ओभर बलिङ गरेका स्टार्कले ५५ रन खर्चिए । कप्तान प्याट कुमिन्स र जस हेजलवुडले दुई–दुई विकेट लिँदा ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान एक विकेट लिए ।


भारत दोस्रो पटक फाइनलमा पराजित भएको हो । यसअघि भारतले सन् २००३ मा पनि फाइनलमा अस्ट्रेलियासँगै हार बेहोरेको थियो ।