एसिया कप क्रिकेटमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरियो

न्युजलय २४ भदौ २०८०, आइतबार १२:५२ मा प्रकाशित

 काठमाण्डौ । एसिया कप क्रिकेटमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरिएको छ । सुपर फोरमा लगातार दुई खेल हारेको बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको हो ।

बङ्लादेश हिजो भएको दोस्रो खेलमा श्रीलङ्कासँग २१ रनले पराजित भयो । त्यस्तै, पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले हारेको थियो । सुपर फोरको अन्तिम खेलमा बङ्लादेशले भारतसँग खेल्नेछ ।

घरेलु मैदान कोलम्बोमा हिजो भएको खेलमा श्रीलङ्काले बङ्लादेशलाई जितका लागि २ सय ५८ रनको लक्ष्य दिएको थियो । बङ्लादेश ४८ ओभर १ बलमा २ सय ३६ रनमा अलआउट भयो । बङ्लादेशका तोहिड ह्रिदोले सर्वाधिक ८२ रनको पारी खेले पनि टोलीको हार टार्न सकेनन् ।