इटहरी गोल्डकप : मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा

न्युजलय ६ फाल्गुण २०८१, मङ्गलबार ०१:५९ मा प्रकाशित

इटहरी । मच्छिन्द्र फुटबल क्लब इटहरीमा जारी इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।


सोमबार इटहरी रंगशालामा भएको क्वाटरफाइनल खेलमा झापा ११ लाई १–० गोलको अन्तरले हराउँदै मच्छिन्द्र सेमिफाइनलमा पुगेको हो । जितका लागि मच्छिन्द्र फुटबल क्लबका तर्फबाट मलिक बामिदेले गरेको गोल नै निर्णायक बन्यो । 


मंगलबारको अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज यूनाइटेड काठमाडौं र धरान फुटबल क्लबबिच हुनेछ । गोल्ड कपको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख पाउनेछन् ।