विराटनगर । गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन सञ्चारकर्मीलाई प्रदान गरिने भएको छ ।
२०७७ सालको गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष शेखर रेग्मीलाई सम्मानित गर्ने नेपाल प्रेस युनियन मोरङ शाखाले निर्णय गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त पुरस्कार गत वर्ष प्रदान गर्न सकिएको थिएन ।
यस्तै गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार, २०७८ बाट युनियनका पूर्व जिल्ला अध्यक्ष कुमोद अधिकारी र पूर्व जिल्ला कोषाध्यक्ष दिनेश गिरीलाई सम्मानित गरिने नेपाल प्रेस युनियन मोरङले जनाएको छ ।
पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ । सो पुरस्कार यही कात्तिक १७ गते प्रदान गरिने छ ।