प्रधानमन्त्रीले दिए राजीनामा

न्युजलय २४ भदौ २०८२, मङ्गलबार ०२:४४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मंगलबार स्थिति झन् बिग्रिएपछि प्रधानमन्त्री ओलीले राजीनामा बुझाएका हुन्।

मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निवकास र समस्या समाधानको थप पहलका लागि भन्दै प्रधानमन्त्रीले राजीनामा दिएका हुन्। 

यसअघि प्रधानमन्त्री ओलीले साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका थिए। तर, प्रदर्शकारीहरूले नेताहरूको घर छानी छानी आगजनी गरिरहेका छन्। सरकारी भवन, पार्टी कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी गरिरहेका छन्।

प्रदर्शनकारीले प्रधानमन्त्री ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको निवासलगायत नेता र मन्त्रीका घरहरूमा आगजनी गरेका छन्।