काठमाडौँ । ५.९१ अंकको वृद्धिसँग नेपाल स्टक एक्सचेञ्ज बन्द भएको छ । कारोबार सुरु भएको समयमा सामान्य घटबढ भएपनि आज बुधबार नेप्से परिसूचक १ बजे आसपास २०८१ अंकमा पुगेको थियो ।
त्यसपछि पुनः घट्दै २०६७ अंकसम्म पुगे पनि अन्तिममा ०.२८ प्रतिशतको वृद्धिसँगै बन्द भएको हो ।
५ अंकको वृद्धिसँगै २०७६ अंकमा पुगेर बन्द भएको नेप्सेमा १३२ वटा कम्पनीको मूल्य बढेको छ । यस्तै, १११ कम्पनीको मूल्य घट्दा ४ कम्पनीको भने घटेको छ । यसक्रममा आज ४ अर्ब २५ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता सेयर किनबेच भएको छ ।
परिसूचक सामान्य अंकले बढेपनि नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, बोटलर्स नेपालको सेयर मूल्य १० प्रतिशतले बढ्दा पाँचथर पावर कम्पनीको सेयर मूल्यमा समेत १० प्रतिशतको वृद्धि देखिएको छ । यसबाहेक, समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावार डेभलपमेन्टको सेयर मूल्य समान ९÷९ प्रतिशतले बढेको छ ।