प्रिसेसनमै दोहोरो अंकले बढ्यो नेप्से

न्युजलय २ भदौ २०८१, आइतबार ०५:१५ मा प्रकाशित

 काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से परिसूचक १६.३८ अंकले बढेको छ ।  बिहीबार ४३.०५ अंकले बढ्दै बन्द भएको नेप्से पहिलो कारोबार दिनको प्रि सेसनमा दोहोरो बढेको हो ।

१६.३८ अंकले बढ्दै प्रि ओपन सेसनमा नेप्से ३०१७.२० को बिन्दुमा उक्लिएको छ ।

यो सेसनमा एक लाख १० हजार ७६४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम चार करोड ५९ लाख ८६ हजार रुपैयाँ बराबरको भयो ।